Logo

नेपाली शब्दकोषबाट ॐ शब्द हटाउन खोजेको भन्दै शंकर भण्डारीको आपत्ति



काठमाडौं,७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपालको शब्दकोषबाट ‌ॐ (ओम) शब्द हटाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । केन्द्रीय समिति बैठकमा बोल्दै पूर्व मन्त्रीसमत रहेका भण्डारीले यस विषयमा कांग्रेस बैठककले सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताएका हुन् ।

भण्डारीले भने,‘नेपालको शब्दकोशबाट ॐ शब्द हटाइँदैछ । आजको बैठकबाट निर्णय गरियोस् । सरकारलाई निर्देश गरियोस् । यो हद भयो । अति भयो । नेपालको शब्दकोषबाट ॐ शब्द हटाउने तयारीप्रति सरकारका भएकोले हामीले खबरदारी गर्नुपर्छ । मौखिक रूपमा यो आवाज राखेका छौं । नभए सशक्त रूपमा आवाज उठाउँछौं ।’

भण्डारीले आगामी महासमिति बैठकमा हिन्दू राष्ट्रको विषयलाई एजेण्डाको रूपमा प्रस्तुत नगरे अप्ठ्यारो पार्ने चेतावनी पनि दिए ।

‘हिन्दु राष्ट्रको विषयमा हामीले पहिले लेखेर दिएको कुरा सभापतिले थन्क्याउनुभएको छ । म महामन्त्रीसँग आग्रह गर्छु । हामी पनि निर्वाचित सदस्य हौं । आगामी महासमितिमा हिन्दू राष्ट्रको एजेण्डा नल्याए अप्ठ्यारो पर्छ । महामन्त्रीहरूलाई मेरो विशेष आग्रह छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot