Logo

‘माधव नेपालहरुले विद्रोह होइन बेइमानी गरेको हो, अब समाजवादीमा एक–दुई जनामात्र बस्छन्’



काठमाडौं, ७ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालहरु बेइमानी गरेर पार्टीबाट बाहिरिएको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माधव नेपालहरुले गरेको कार्यलाई विद्रोह भन्न नहुने बताएका हुन् ।

उनले एकीकृत समाजवादीमा केही नेताबाहेक सबै एमालेमा फर्कने दाबी पनि गरे । ‘पानी हालेर मुछेको खरानीमा घन हान्नु मूर्खता हुन्छ । रियाक्सनरीहरुको पुच्छर पार्टी फुटाउन हामी किन लाग्ने ? त्यो पार्टी नै बनेको छैन । अर्काको बुइ चढेर १० सिट आएको हो । आउँदो चुनावसम्म कुन मूर्ख त्यो पार्टीमा बस्छ ? माथि एकदुई जना बस्न सक्छन् । माधवकुमार नेपालहरुले विद्रोह गरेको होइन, बेइमानी गरेको हो । प्रतिक्रियावादी शक्तिसित साँठगाँठ गरेको हो,’–ओलीले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot