काठमाडौं,७ असोज । नेपाली कांग्रेसका नवनियुक्त केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले कांग्रेसकै जिम्मेवार नेताहरुको कारण आफूले गत वर्षको मसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित हुनु परेको गुनासो गरेका छ्न ।
कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै हुमागाईंले कांग्रेसमा अनुशासनहीनताले चरम सीमा नाघेको पनि बताए।
‘मैले देशकै एकजना बदनाम मान्छेसँग चुनाव लडेँ। तर पार्टीकै जिम्मेवार नेताहरु उहाँलाई सघाउन लागे’, उनले भने, ‘कांग्रेसकै नेताहरुका कारण मैले चुनाव हार्न पुगेँ।’
उनी गत मंसिरमा सम्पन्न आम निर्वाचनमा काभ्रे २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवरा रहेका थिए । मतसंख्या आफू अनुकुल रहँदा रहँदैपनि हुमागाईं नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बास्कोटासँग झण्डै ६ हजारको मतान्तरले पराजित भएका थिए । उनले आफ्नो पराजयलाई पार्टीका नेताहरुले गरेको राजनीतिक बेइमानीको संज्ञा दिँदै आएका छ्न ।
नेता हुमागाईंले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण निर्दोष रहेको दाबीसमेत गरे । उनले सत्ता साझेदार दल माओवादी केन्दले प्रतिशोधपूर्ण ढंगले नेता खाँणलाई फसाएको दाबी गरे ।
उनल भने ‘बालकृष्ण खाण पार्टीको जिम्मेवार नेता । उहाँको दोष कतै देखिएको छैन । उहाँलाई कारबाही गर्न गृहमन्त्री कहाँ जानुभयो। अहिले माओवादी नेताकै बाउछोरा सुन तस्करी प्रकरणमा नाम आउँदा फेरि डेलिगेसन जानुहुन्छ कि हुँदैन ? यसरी चलाउने हो भने पार्टी अगाडि बढ्न सक्दैन।’ file photo