Logo

चीन उड्नुअघि रोहितले भनेः क्रिकेट खेलाडीको पुरस्कार रकम अझै आएन, तर आशावादी छौँ



काठमाडौं,७ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विभिन्न प्रतियोगिताहरुमा जित हात पार्दा सरकारको तर्फबाट घोषणा भएको पुरस्कारको रकम अझैसम्म पनि पाएको बताएका छन् ।

एसियाली खेलुकदमा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले घोषणा गरेको रकम आउँछ भन्नेमा आशावादी रहेको उल्लेख गरे ।

एसियाडका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरेको बताए । एसियाली खेलकुदलाई लिएर सबैजना उत्साही रहेको उनले सुनाए । आफूहरूको लक्ष्य मेडल जित्ने रहेको उनले बताए ।

“तयारी अहिले राम्रो भइरहेको छ । अन्तिम १५ दिनयता हामी अभ्यासमा नै व्यस्त छौँ । एसियन गेम्सलाई लिएर सबैजना एक्साइटेड हुनुहुन्छ । हाम्रो मेन लक्ष्य मेडल जित्नै नै हो । त्यसको लागि जस्तो टिम भए पनि, बलियो वा कमजोर जस्तो भए पनि आफ्नो प्रोसेस हामीले फलो गर्नुपर्छ । टी–२० मा जे पनि हुनसक्छ । त्यसमा सबैजना जानकार हुनुहुन्छ । टी–२० क्वालिफायरभन्दा अगाडि टुर्नामेन्ट खेल्न पाएका छौँ । निकै महत्त्वपूर्ण हुनेछ,” उनले भने, “वान डे गेम गत वर्षदेखि खेल्दै आएका थियौँ । अब टी–२० मा जानुपर्नेछ । हामी टी–२० का लागि रेडी छौँ । ललित (ललित राजवंशी) लाई हामीले गेममा मिस गर्नेछौँ । वान डेमा पनि उहाँको ठूलो योगदान थियो । टी–२० मा डेथ ओभर एकदमै महत्त्वपूर्ण हुन्छ । जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ, त्यसैले जित्छ । त्यसका लागि हामी मिहिनेत गरिरहेका छौँ । ग्रासरुटदेखिका गेमहरू हुनुपर्छ । सरकारले घोषणा गरेको रकम कतिपटक भनिसकेका छौँ, अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौँ । हेरौँ, के हुन्छ ।”  file photo

 



प्रतिक्रिया दिनुहोस्