Logo

सुन बरामद प्रकरणमा उच्चस्तरीय आयोग बनाउने बारे छलफल सुरू



काठमाडौं,७ असोज । गत साउन ३ गते सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणकबो छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने बारे दलहरु छलफलमा जुटेका छन् । बैठकमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला, रास्वपाबाट रवि लामिछाने, जसपाबाट प्रदीप यादवलगायतका नेता उपस्थित छन् ।

गत भदौ ७ गते सरकार र प्रतिपक्षी दल नेकपा एमालेबीच भएको सहमति अनुसार असोज ५ गते आयोग बनाउने भनिएपनि दलहरुबीच सहमति जुट्न सकेको छैन् । आजको बैठकले आयोग र आयोगको कार्यादेशबारे टुंगो लगाउने बताईएको छ ।

यसअघि असोज ५ गतेपनि दलहरुले छलफल गरेपनि सहमति हुन सकेको थिएन । यहि प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १ महिनासम्म संसद् अवरुद्ध गरेको थियो । सुन प्रकरणको छानबिन सीआइबीले गरिसकेको छ भने सरकारी वकिलको कार्यालयले २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्