Logo

प्रधानसेनापति शर्मा भारत प्रस्थान



काठमाडौं,७ असोज । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् ।

भारतको दिल्लीमा सोमबारदेखि हुने १३औँ इन्डो प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लिन उनी दिल्ली गएका हुन् । शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाई गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

कन्फरेन्स दुई दिन चल्नेछ । उनको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका छन् । प्रधानसेनापति शर्मा यही असोज ११ गते नेपाल फर्किनेछन् ।

 



प्रतिक्रिया दिनुहोस्