Logo

देशलाई अस्थिरताबाट जोगाउन सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छः सांसद श्याम घिमिरे



काठमाडौं,७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले देशको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका छन् ।

कांग्रेसको तीन दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सांसदसमेत रहेका घिमिरेले राजनीतिक अस्थिरताबाट मुलुकलाई जोगाउनकै लागि भएपनि सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने बताए ।

‘हरेक नागरिकमा नकारात्मक अवधारणा छ । यसलाई सकारात्मकता तिर कसरी लाने ? मुद्दामा स्पष्टताको आवश्यकता, कतिपय अवस्थामा बोलकबोल गरेर अगाडि बढ्दा पनि हामीसँग विश्वास बढेको छैन’ घिमिरेले भने, ‘राजनीतिक अस्थिरताको कारणले निराशा र आक्रोश छ । संविधानको कारण, निर्वाचन प्रणालीको कारण अस्थिरता आएको छ । कांग्रेसले यी विषयमा स्पष्ट दृष्टिकोण राख्नुपर्छ । कांग्रेसले नै नेतृत्व गर्ने तयारीकासाथ अब अगाडि बढ्नुपर्छ ।’ 

 



प्रतिक्रिया दिनुहोस्