Logo

प्रचण्डविरुद्धको अवहेलना मुद्दाः सुनुवाइ सकियो, फैसला मंसिर १८ मा आउने



काठमाडौं,७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अवहेलना मुद्दाको सुनुवाइ सकिएको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले प्रचण्डविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ गरेको हो । सुनुवाइ सकिए पनि फैसला भने १८ मंसिरमा सुनाइने छ ।

द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाबारे टिप्पणी गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले प्रचण्डविरुद्ध १२ जेठ २०७३ मा सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका थिए ।

शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अदालतले फौजदारी कसुरमा फैसला तथा सदर गरेको भन्दै प्रचण्डले अदालतको आदेश र फैसला नमान्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

सो मुद्दाको फैसला १८ मंसिरमा आउनेछ । जसका लागि निसु तोकिएको छ । यसअघि पटक पटक पेशी तोकेर स्थगित हुँदै आएको मुद्दामा आज भने सुनुवाइ भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्