Logo

जातको आधारमा भोट हाल्ने दिन गए, अब जनताले व्यक्ति हेर्छन्ः कांग्रेस सभापति देउवा



काठमाडौं,७ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशिताको सवालमा नेपाल निकै अगाडि रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै देउवाले भारतमा भर्खरै मात्र महिला सहभागिता सुनिश्चित गरेको अवस्थामा नेपालले यसअघि नै समावेशीसहितको संविधान जारी गरिसकेको बताए ।

उनले राष्ट्रिय सहमति कायम गर्न सके सबै जातजातिका लागि समावेशी सहभागिता बढाउन सकिने जिकिर गरे । देउवाले नेपालमा जात भन्दा पनि व्यक्तिलाई हेरेर भोट दिने गरेको भन्दै निर्वाचनमा योग्य भएर राज्यको विभिन्न निकायमा सहभागिता जनाउन सकिने बताए ।

‘कति साथीहरू चुनावमा मज्जाले जितेका छन् । धेरै साथीहरू चुनाव जितेका छन् । भोलि पनि जित्न सक्छन् । अहिले राम्रो कुरा के छ भने जातको आधारमा भोट हाल्ने भन्दा पनि व्यक्तिको आधारमा भोट हाल्ने चलन छ । अहिले मान्छेले बुझेका छन् । हिजो अस्ति जातको कुरा भए पनि अब सबै हटिसकेको छ । जो विज्ञ छ, सेवा गर्छ, सहयोग, काम गर्छ, डेडिकेटेड छ, त्यसलाई भोट हाल्ने पद्धति बढेको छ । यो राम्रो कुरा हो,’ । उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot