Logo

यस वर्षको पद्मश्री साहित्य पुरस्कार उपन्यास ‘मनु’ लाई, वात्सायनले पाए पद्मश्री साधना सम्मान



काठमाडौं,८ असोज । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्दै आएको पद्मश्री साहित्य पुरस्कार २०७९ डा देवीप्रसाद सुवेदीको उपन्यास मनुले प्राप्त गरेको छ ।

पुरस्कारको अन्तिम पाँच सूचीमा ‘मनु’ सहित ‘ऐंठन’, ”शून्यको मूल्य’ र ‘मफलर’ थिए ।

प्रतिष्ठानद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक(सांस्कृतिक उपन्यास हो । मुल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ ।’

मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ। १८० पुस्तकमध्येबाट यो कृतिलाई उत्कृष्ट ठहर्‍याइएको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साधना सम्मान वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल ‘वात्सायन’ लाई प्रदान गरिने भएको छ । पद्मश्री गौरव पुरस्कार काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गरिने भएको छ । यो गत वर्षबाट प्रदान गर्न थालिएको पुरस्कार हो।

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीनवटैको रााशि तीन लाख रहेको छ । सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot