Logo

एमाले बागमतीको अध्यक्षमा ओलीको रोजाइमा कृष्णभक्त



काठमाडौं,८ असोज । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेश सुरु भएको छ । आज र भोलिसम्म चल्ने प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

काठमाडौंको भृकुटीमण्डपमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरमा उद्धघाटन गर्दैछन् । अधिवेशनले ५ पदाधिकारीसहित २४० सदस्यीय प्रदेश समिति निर्वाचित गर्नेछ ।

एमालेले प्रदेश अधिवेशनका लागि १३ जिल्लाका झण्डै १२ सय भन्दा धेरै प्रतिनिधि छनोट भएका छन् । केन्द्रीय नेताहरुको वाहुल्यता रहेको र संघीय राजधानीसमेत रहेको प्रदेश भएको कारण नेतृत्व लिनका लागि केन्द्रीय सदस्यसहित आधा दर्जन नेताहरुले आकाँक्षा राखेका छन् । प्रदेशको नेतृत्व लिन रामेछापका कैलाश ढुंगेल, दोलखाकी रचना खड्का, मकवानपुरका कृष्णप्रसाद दाहाल, चितवनका कृष्णभक्त पोखरेल, काठमाडौंका सानुकुमार श्रेष्ठ र धादिङका केशवराज पाण्डेले लबिङ थालेका छन् ।

अध्यक्षमा आकाँक्षा राख्ने ढुंगेल, खडका र दाहाल एमाले केन्द्रीय सदस्य हुन भने श्रेष्ठ बागमतीका निवर्तमान प्रदेश सभामुख हुन् । आकाँक्षीहरुको संख्या बढ्दै गएपनि मुख्यगरि प्रदेशको नेतृत्व लिन रामेछापका ढुंगेल र मकवानपुरका दाहालको तीव्र लबिङ रहेको छ ।

ढुंगेल बागमती प्रदेशका पूर्व अर्थमन्त्री हुन भने दाहाल संसदीय राजनीतिका माहिर खेलाडि मानिन्छन् । उनी २०७४ सालको निर्वाचनमा विजयी भएर संसदको अर्थ समितिको सभापति समेत भएका थिए उता ढुंगेललाई भने हालसम्म माओवादी केन्द्रको बलमा २०७४ सालको प्रदेश सभा सदस्यमा ति हात पार्नुबाहेक अहिलेसम्म कुनैपनि संघीय निर्वाचनमा जित हात लागेको छैन ।

ओलीले दिए कृष्णभक्तलाई ग्रिन सिग्नल

आजबाट सुरु हुने प्रदेश अधिवेशनको लागि अध्यक्षमा ढुंगेल र दाहालले दाबी नछाडेपछि एमाले अध्यक्ष ओलीले चितवनका पूर्व सांसद कृष्णभक्त पोखरेललाई अगाडि बढ्न निर्देशन दिएका छन् । ढुंगेल र दाहालको बीचमा सहमति गर्ने प्रयास लगभग असफल भएपछि अध्यक्ष ओलीले पोखरेललाई सर्वसम्मत अध्यक्ष बनाउनेगरि तयारी अगाडि ढाएको एमालेका एक नेताले जानकारी दिए । पोखरेल संसदीय राजनीतिमा माहिर मानिन्छन् ।

उनले २०७४ सालको निर्वाचनमा चितवनबाट सांसद निर्वाचित भएर केपी ओली नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्मा कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । भने एमाले विभाजनको बेलामा माधवकुमार नेपाल निकट मानिएपनि उनले ओलीलाई नै साथ दिएका थिए । पोखरेललाई अध्यक्षमा अगाडि बढाउँदा अन्य आकाँक्षीहरुले पनि समर्थन गर्ने बुझेपछि उनलाई नै सर्वसम्मत अध्यक्ष बनाउन ओलीले निर्देशन दिएको बताइएको छ ।

बागमती प्रदेश अधिवेशनका लागि १३ जिल्लाबाट १ हजार १३८ प्रतिनिधि छनाैट भएका छन् ।  अधिवेशनका लागि काठमाडौंबाट १३२ जना काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना छनौट भएका छन् । त्यसैगरी, धादिङबाट ८७, चितवनबाट ८५ , रामेछाप ८१, भक्तपुर ६६, सिन्धुली ६६, दोलखा ६५, सिन्धुपाल्चोक ६४, नुवाकोट ६४, ललितपुर ५० र रसुवाबाट २७ जना छन् । साथै, जनसंगठनको तर्फबाट ९५ जना प्रतिनिधि छनौट भएको एमालेले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्