Logo

आन्दोलनरत अभियन्तालाई बालेनको प्रश्नः ‘के वार्ता तपाईँहरुको नेतासँग गर्नपर्ने ?



काठमाडौं, ८ असोज । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले केही दिनदेखि आन्दोलनमा रहेको अभियन्ताहरु वार्तामा आउन नचाहेको बताएका छन् ।

गत मंगलबारदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएर अभियन्ताहरु ईः लगायतको समूह आन्दोलनरत छन् । ईःले एक सय ९९ घण्टाभन्दा बढि उभिएर प्रदर्शन गरिसकेका छन् ।

‘विगत केही दिनदेखि केही अभियनताहरु आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर वार्ता गरौं यहाँहरुको कुरा र समस्या सुनौं भन्दा अभियन्ताहरु संवादमा बोलाउदा आउन खोज्नुभएन,’– बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

साथै, लोकतान्त्रिक अभ्यासमा सबै कुरा वार्ता र संवादको माध्यमबाट नै समाधान खोजिनुपर्ने बताउँदै उनले राजनीतिक स्वार्थ जोडिएर वार्ता र संवादमा आउन नचाहेको हुनसक्ने उनले आशंका व्यक्त गरेका छन् ।

‘लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ । के वार्ता हामीले उहाँहरुको नेतासँग गर्नपर्ने ?’ उनले प्रश्न गरेका छन् ।

ईः लगायतको समूहले सडक व्यापारीको पक्षमा र मेयर बालेन र उपमेयर सुनिता डङ्गोलले चुनावअघि गरेका प्रतिवद्धता सम्झाउने उद्धेश्यले उभिएन विरोध प्रदर्शन गरेको बताइएको छ । फुटपाथ व्यापारीहरुलाई महानगरले ज्यादति गरेको र उनीहरुको रोजिरोटी खोसेर व्यवस्थापन गर्न नसकेको उनीहरुको आरोप छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot