Logo

सडकमा लासजस्तै लम्पसार परेर शिक्षकहरुले गरे सांकेतिक प्रदर्शन



काठमाडौं, ८ असोज । गत असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षकहरुका घटकहरु आज पनि आन्दोलनमा रहेका छन् । शिक्षक महासंघको आह्वानमा शिक्षकहरुको आन्दोलन सुरु भएको थियो । महासंघ र सरकारबीच ६ बुँदे सहमति भएपछि महासंघ आन्दोलनबाट पछि हटिसकेको छ ।

महासंघ र सरकारबीचको सम्झौतामा आफूहरुको माग र मुद्दा सम्बोधन नभएको भन्दै उनीहरुले सडक संघर्ष नछाडेका हुन् । आफूहरुका माग पूरा नभएसम्म सडक नछाड्ने उनीहरुको अडान छ ।

राहत, पेन्सन बञ्चित र बालबिकास लगायत शिक्षकहरु अहिले आन्दोलनमा छन् । आन्दोलनमा रहेको उनीहरुले आज सडकमै सुतेर प्रदर्शन गरेका थिए । राज्यले आफूहरुलाई लासजस्तै बनाएको भन्दै उनीहरुले सांकेतिक रुपमा लासजस्तै लम्पसार सुतेर प्रदर्शन गरेका हुन् । उनीहरु सडकमा आधा घण्टाभन्दा बढि समय सुतेका थिए ।



प्रतिक्रिया दिनुहोस्