Logo

जसपाको किरात राष्ट्रिय समिति पुनर्गठन



काठमाडौं, ८ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालको किरात राष्ट्रिय समिति पुनर्गठन भएको छ । पार्टीको धरान उपमहानगर समितिकोे कार्यालयमा हिजो (आइतबार) सम्पन्न किरात राष्ट्रिय समिति रुपान्तरण कार्यक्रमबाट रमेश राईको अध्यक्षतामा ३६ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षहरुमा गणेश राई, मानभगत चाम्लिङ, बिना राई, मुख्यसचिव प्रशन्न राई, सचिवहरु गोपाल राई, महेन्द्र राई, नेत्रबहादुर नेम्बाङ र कोषाध्यक्ष जंगमान राई रहेका छन् ।

जसपाको विधानले संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ र ओखलढुङ्गा जिल्लाहरुको किरात राष्ट्रिय समिति हुने भनेको छ । जसपाको विधान बमोजिम राष्ट्रिय समिति ३९ सदस्यीय सम्मको बनाउन सकिने प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot