Logo

सरकार सुधारिनुपर्छ, कांग्रेसले विकल्प खोजेको छैनः नैनसिंह महर (भिडिओसहित)



काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीले सरकारको विकल्प नखोजेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु सरकार सुधारिनुपर्छ भन्ने पक्षमा रहेको बताएका हुन् ।

‘सरकार निर्माण हुनेबेलामा न्युनतम साझा कार्यक्रम जनताको पक्षमा र हाम्रो घोषणापत्रको पक्षमा बनेको थियो । त्यो अक्षरस पालना गर्नेभन्ने एउटा कुरा हो । अर्को जनताको जनजीविकाका सवाल र दैनिक दिनचर्याको सवालमा सरकार सेवा प्रवाहमा कमजोर भयो कि भन्ने निष्कर्ष आउँदै छ । यसको मतलब सरकार सुधारिनुपर्छ भन्ने हो, सरकारको विकल्प खोजेको होईन,’– उनले भने ।

कांग्रेसले उठाउँदा पनि कार्यान्वयन नभएको खण्डमा र जनतामा निराशा कायमै रहेको खण्डमा अर्को विकल्प खोज्न पनि पछि पर्न नहुने बताउँदै उनले अहिलेको मितिसम्म सरकार सुधारिनुपर्छ भन्ने पार्टीेको बटम लाईन रहेको बताए ।

‘हामीले कुरा उठाउँदा पनि कार्यान्वयन भएन । जनता निराश भइराखे र जनतामा फ्रस्टेसन आइराख्यो भने अर्को विकल्प होला । तर, हालका मितिसम्म सरकारलाई सुध्रिनका लागि, सरकारलाई अझ गतिशील बन्नका लागि निर्देशन दिने भन्ने कुरा भएको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot