काठमाडौं, ९ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले परम्परादेखि फुटपाथमा व्यापार गरिरहेका मानिसहरुको व्यवस्थापन गर्न आवश्यक रहेको बताएका छन् ।
काठमाडौं महानगरले फुटपाथ व्यापार हटाउने भन्दा पनि व्यवस्थापन गर्न आवश्यक रहेको तर्फ लक्षित गर्दै उनले रोजिरोटीका लागि गुजरा फुटपाथमा व्यापार गर्नेलाई हटाउन नहुने बताएका हुन् ।
असन, इन्द्रचोक, भोटाहिटीतिर ५०औं वर्ष अघिदेखि फुटपाथ व्यापार हुने गरेको उल्लेख गर्दै उनले सडक व्यापार परम्परागत नेवारी व्यापार संस्कृतिको अंश भएको बताएका छन् ।
फुटपाथ व्यवसायको पक्षमा केही दिनदेखि आन्दोलनरत अभियन्ता ईः लाई भेट्न महानगर प्रमुख सुनिता डङ्गोल पुगेको उल्लेख गर्दै उनले महानगरबाट गरिब हटाउने नभएर गरिबी हटाउन आवश्यक रहेको बताएका छन् ।
फुटपाथका व्यापार गरिरहेको फोटोसहित सामाजिक सञ्जालमा ओलीले भनेका छन्ः
हो, फुटपाथ हिँड्नकै लागि हो। पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो। यसमा कसैको दुईमत छैनहोला, मेरो पनि छैन। कुरा परम्परा देखि फुटपाथमा रोजिरोटीका लागि गुजरा व्यापार गरिरहनु भएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो। फुटपाथ ९सडक० व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो। असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ ।
हो, अहिले परम्परागत रुपमा चल्दै आएको कुरालाइ एक्कासी परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक पनि हो ।
उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस् ।
हामीले महनगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन ।
समाधानको उपाय के हुन सक्छ, तपाईहरुको विचार पनि राख्नुस् है १
धन्यवाद ’!