Logo

एमाले बागमती प्रदेशको नजरमा माओवादी ‘सत्ताको लागि जे पनि गर्ने पार्टी’



काठमाडौं,९ असोज । नेकपा (एमाले) बागमती प्रदेशले नेकपा (माओवादी केन्द्र) लाई उग्रवामपन्थी धारको प्रतिनिधित्व गर्ने पार्टी, राजनीतिमा सधैं अस्थिरता, अस्पष्ट र अवसरवादी, सत्ताको लागि जे पनि गर्ने पार्टीको रुपमा चित्रण गरेको छ ।

हिजो (सोमबार) बाट सुरु भएको एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्रमा राजनीतिक दस्तावेज प्रस्तुत गर्दै बागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डेले माओवादी वैचारिक र सैद्धान्तिक क्षेत्रमा ढुलमुले, दक्षिणपन्थको यात्रामा रहेको पार्टी, जातीय, क्षेत्रीय र अतिवादको विजारोपण गर्ने पार्टीको रुपमा चित्रण गरेका हुन् ।

माओवादी केन्द्रले स्वयंले अन्योल तय गरेको , शान्तिपूर्ण धारमा रूपान्तरित भएर पनि नीतिगत अस्पष्टताका कारण मुलुकमा र दिशाहिनता र वैचारिक संकटमा पर्दै गएको, वामपन्थी ताकतमा भन्दा दक्षिणपन्थी ताकतसँग सम्झौंतामा रमाइरहेको एमाले बागमती प्रदेशका अध्यक्ष पाण्डेको विश्लेषण छ ।



प्रतिक्रिया दिनुहोस्