Logo

चिकित्सकहरुको आन्दोलन आज पनि जारी



काठमाडौं, १० असोज । स्वाथ्यकर्मीमाथि बढ्दो असुरक्षाको विषयलाई लिएर चिकित्सकहरु आन्दोलनमा छन् । सरकारसँग जीउ ज्यान सुरक्षा माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

गत सोमबार पोखराको मणिपाल अस्पतालमा डाक्टर कुटिएको विरोधमा उनीहरु हिजोदेखि आन्दोलनमा उत्रिएका हुन् । लमजुङ सुन्दरबजार नगरपालिका–७ कि ५७ वर्षीया बिरामी सुकमाया दुराको सोमबार दिउँसो अस्पतालमा मृत्यु भएपछि उनका आफन्त कुटपिटमा उत्रिएका थिए ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्ब कार्यान्वयन हुनुपर्ने मागसमेत उनीहरूले गरेका छन् । प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले नेताहरु गफ चुट्ने बिरामीले डाक्टर कुट्ने, डाक्टर कुट्न पाईंदैन, चिकित्समाथिको हिंसा बन्द गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

सरकारले हिजो (मंगलबार) आन्दोलनरत चिकित्सकहरुसँग वार्ता गरेपनि उक्त वार्ता निश्कर्ष विहीन भएको थियो । चिकित्सकहरुले आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् ।

पछिल्लो समय चिकित्सकहरु माथि हुने दुव्र्यवहारको संख्या बढेको छ । कही समयअघिमात्रै हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रम भएको थियो । उक्त घटना सेलाउन नपाउँदै पोखराको मणिपालमा अर्को घटना दोहोरिएको हो ।



प्रतिक्रिया दिनुहोस्