Logo

राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप



काठमाडौं, १० असोज । संसद्मा दर्ता भएको शिक्षा विधेयकलाई लिएर आन्दोलनरत राहत शिक्षकहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । उनीहरु निषेधित क्षेत्रमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरी र शिक्षकबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।

सो क्रममा सात जना शिक्षकहरु घाईते भएको र उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ । माईतीघरदेखि नयाँबानेश्वरसम्मको सडक कब्जा गरेर शिक्षकहरुले प्रदर्शन गर्दा सवारी आवागमन अवरुद्ध भएको थियो ।

शिक्षक महासंघको आह्वानमा गत असोज ३ गतेदेखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा होमिएका थिए । सरकारसँग भएको वार्तापछि महासंघ र केही शिक्षकहरुले आन्दोलन फिर्ता लिएका थिए ।

महासंघ र सरकारबीच भएको सहमतिमा आफ्ना माग र मुद्दा नसमेटिएको भन्दै राहत, बाल विकास, पेन्सन बञ्चित लगायत शिक्षकहरुले आन्दोलन जारी राखेका हुन् ।

उनीहरुले सोमबार सडकमा सुतेर र मंगलबार सिट्टी बजाएर सांकेतिक प्रदर्शन गरका थिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot