Logo

बनेपा नगरपालिकाले कटौति गर्यो शिक्षण सहयोग अनुदान दरबन्दी, शिक्षकहरु निष्काशित



काठमाडौं, १० असोज । बनेपा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई दिँदै आएको शिक्षण सहयोग अनुदान कटौति गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा सरकारबाट अनुदान नपाएपछि नगरपालिकाले शिक्षकहरुलाई निष्काशन गर्ने निर्णय गरेको हो ।

‘यस नगरपालिकाको लागि संघीय शसर्त अनुदान अन्तर्गत कुनैपनि दरबन्दी नभएका सामुदायिक विद्यालयमा गणित, विज्ञान तथा अंग्रेजी विषयका शिक्षक व्यवस्थापनको लागि शिक्षण सहयोग अनुदान आउने गरेकोमा यस आ.व. २०८०/०८१ मा अनुदान प्राप्त नभएको हुँदा उक्त शीर्षकबाट तलव भत्ता पाउने गरी नियुक्त भएका शिक्षकहरुलाई स्रोत अभावका कारण मिति २०६०।०६।०८ गतेदेखि सेवा निरन्तरता नदिने नगर शिक्षा समितिको मिति २०८०/०६/०७ को निर्णय भएको हुँदा सोही अनुसार तहाँ विद्यालयमा उक्त शिर्षकबाट तलब भत्ता पाउनेगरी नियुक्त भएका शिक्षकलाई अवकाश गरी यस नगरपालिकामा जानकारी गराउन हुन अनुरोध छ,’– नगरपालिकाले विद्यालयलाई पठाएको पत्रमा भनिएको छ । File Photo/ RN



प्रतिक्रिया दिनुहोस्