Logo

अभियन्ता ईः लाई अनुराधा कोइरालाको समर्थन



काठमाडौं, १० असोज । समाजसेवी एवं माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले अभियन्ता ईः को आन्दोलनमा समर्थन जनाएकी छिन् । आज (बुधबार) राष्ट्रिय सभा गृह पुगेर उनले अभियन्ता ईः को पक्षमा समर्थन जनाएकी हुन् ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहविरुद्ध जवाफदेहिता खोज्दै उनी नवौं दिनदेखि राष्ट्रिय सभागृहमा उभिएर प्रदर्शन गरिरहका छन् । काठमाडौं

महानगरमा फुटपाथ व्यापारीहरुले गरिखान पाउनुपर्ने र लामो समयदेखि पुटपाथमा व्यापार गरी गुजारा चलाइरहेकाहरुको उचित व्यवस्थापन हुनपर्ने उनको माग छ ।

नवौं दिनसम्म उभिँदा उनका खुट्टा सुन्निएका छन् । ईः को पक्षमा दैनिकजसो जनसहभागिता बढिरहेको छ । उनको प्रदर्शनमा नेकपा (एमाले) का नेताहरुले धेरै समर्थन गरका छन् ।

एमाले अधयक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत ईः प्रति समर्थन जनाएका थिए । उनले काठमाडौंबाट गरिब होईन, गरिबी हटाउन पर्छ भन्दै फुटपाथ व्यापारलाई नेवारहरुको मौलिक व्यापारको रुपमा चित्रण गरेका थिए ।

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अभियन्ता ईः लाइ भेटेरै अभियानको समर्थन गरेका थिए । पूर्व अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पाण्डे अभियन्ता ईः सँगै केहीबेर उभिएर समर्थन जनाएका थिए ।

पाण्डेले सडक, साइकल, गाडा, परम्परागत मजदुर उद्यमीलाई विस्थापित गर्न बन्द गर, विकल्प देऊ ! लेखिएको प्लेकार्ड बोकेका थिए । उपाध्यक्ष पाण्डेसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि उक्त अभियानमा एक्यबद्धता जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्