Logo

विरामी बोक्ने एम्बुलेन्समा लागूऔषध तस्करी



काठमाडौं, १० असोज । प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१८ लाभाघाटबाट गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको छ ।

हिजो (मंगलबार) राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको साढे २१ किलो लागुऔषध गाँजा र नेपाली रुपैया ४० हजार बरामद गरेको थियो ।

प्रहरीले धरान– ११ का ३८ बर्षीय गंगा सरकार र सोही स्थानमा रहेको नम्बरको मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त एम्बुलेन्स राजन अधिकारी फाउण्डेसन धरानद्धारा संचालित रहेको बताइएको छ । विशेष सूचनाको आधारमा प्रहरीले उक्त गाँजा नियन्त्रणमा लिएको थियो ।



प्रतिक्रिया दिनुहोस्