Logo

एमाले बागमती अधिवेशनः अध्यक्षका प्रत्यासी ढुंगेल भन्छन्– ‘मेरो जित निश्चित छ’



काठमाडौं, ११ असोज । नेकपा (एमाले) बागमती प्रदेश अधिवेशन जारी रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । एमाले बागमती प्रदेश अध्यक्षमा पाँच जनाले मनोनयन दर्ता गराएका छन् । अध्यक्षमा कैलास प्रसाद ढुंगेल, कृष्ण प्रसाद दाहाल, केशब प्रसाद पाण्डे, सानुकुमार श्रेष्ठ र केशरकुमार बुढाथोकीले मनोनयन दर्ता गराएका छन् ।

अध्यक्षका प्रतिस्पर्धी ढुंगेल आफ्नो जित निश्चित रहेको बताउँछन् । ‘जित मेरो निश्चित छ । दुई मत नै छैन, साथीहरुले मलाई समर्थन गर्नुभएको छ,’– रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।

साथै, ढुंगेललाई एमाले दोलखा लिल्ला कमिटीको पनि पूर्ण समर्थन रहेको स्रोतले बताएको छ । ‘कैशाल ढुंगेललाई एमाले दोलखा कमिटीको पनि पूर्ण समर्थन छ । उहाँको जित निश्चित छ,’– दोलखा जिल्ला कमिटीका प्रभावशाली नेताले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, प्रदेश इन्चार्ज गुरु बराल र पोलिटव्युरो सदस्य महेश बस्नेतले समेत अध्यक्षमा सर्वसम्मत ढुंगेललाई चाहेको स्रोतको दाबी छ । सर्वसम्मत अध्यक्ष चयन हुने अवस्था नहुँदा पनि शीर्ष नेतृत्वको ग्रीन सिग्नल ढुंगेललाई रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot