Logo

एमाले नेता पाण्डे भन्छन्, ‘संक्रमणकालीन न्याय निश्कर्षमा पुर्याउन प्रचण्डले सबैसँग माफी माग्नुपर्छ’



काठमाडौं, ११ असोज । नेकपा (एमाले) नेता एवं पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा भएका सम्झौताहरु अमूर्त भएको बताएका छन् । भ्रमणका क्रममा दुई पक्षले जारी गरेको संयुक्त वक्तव्यमा भएका बुँदाहरु अमूर्त र कार्यान्वयनमा ल्याउन नसकिने खाल्को रहेको उनको भनाई छ ।

साथै, प्रचण्डले संयुक्त राष्ट्रसंघको ७६औं महासभामा गरेको सम्बोधनको सन्दर्भ उल्लेख गर्दै उनले संक्रमणकालीन न्यायको सन्दर्भमा अमेरिका पुगेर सहयोग माग्न आवश्यक नरहेको बताए । उनले प्रधानमन्त्री प्रचण्डले टिआरसी समस्या समाधानका लागि आम नेपाली जनता समक्ष माफी मागेमा जनताले क्षमा दिने उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले जघन्य अपराधलाई पनि आफ्नो तर्फबाट भएमा साधारण सम्झिएको र अरुलाई भने छोड्दिन भनेर लागि परेको उनको टिप्पणी छ ।

‘यहाँबाट अमेरिका जानुभयो । संयुक्त राष्ट्रसंघमा उहाँले सम्बोधन गर्नुभएको छ । त्यो सम्बोधन गर्दा पनि उहाँले हाम्रो टिआरसीलाई निश्कर्षमा पुर्याउन सहयोग माग्नु भएको छ । त्यो सहयोग त्यहाँ माग्न पर्दैन । उहाँले जान्ने हो भने टिआरसी पनि पास हुन्छ, शान्ति सम्झौता निश्कर्षमा पुग्छ । हिजो उहाँहरुले हतियार बोकेर हिंसात्मक आन्दोलन गर्नुभयो, त्यो बेलामा भएका घटना र ज्यादतीहरु जो छन्, जानेर वा नजानेर यो घटना घट्यो, यसमा हाम्रो तर्फबाट पनि धेरै त्रुटि भएका छन् ।’ उनले भने, ‘आ–आफ्नो ठाउँमा भएको त्रुटिमा हामी माफ मागौं । म नेपाली जनतासँग माफ माग्छु भनेर हात जोडेर भनिदिने हो भने नेपालीहरुले माफी दिन्छन् । जे भयो, भयो । अब मरिसकेको मान्छे आउँदैन, बेपत्ता भएको कहाँ छ कहाँ छ भन्छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot