Logo

गृहमन्त्री श्रेष्ठलाई महेश बस्नेतको सुझावः ‘योग अभ्यासमात्रै होईन, सधैं स्वस्ति शान्ति गर्ने परिपत्र गरे हुन्छ’



काठमाडौं, ११ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले गृहमन्त्री नारायण काजी श्रेष्ठलाई दैनिक स्वस्ति शान्ति गर्ने परिपत्र गर्न सुझाएका छ ।

गृहमन्त्रालयले कर्मचारीलाई कार्यलय समय सुरु भएपछि नियमित १५ मिनेट योग अभ्यासका गर्नका लागि गरेको परिपत्रप्रति टिप्पणी गर्दै उनले अपराधमा संलग्नलाई उन्मुक्ति दिएको पाप कटाउनका लागि दैनिक स्वस्ति शान्ति गर्ने परिपत्र गर्न भनेका छन् ।

गृहमन्त्री श्रेष्ठले तस्करी रोक्छु भनेर तस्करसँगै मिलोमतो गरेको र आफ्नो दलका अपराधमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिएको उनको आरोप छ ।

‘गृहमन्त्री नरायण काजी श्रेष्ठले कर्मचारीलाई कार्यालय सयम सुरु भएपछि १५ मिनेट योग अभ्यास गर्न परिपत्र गरेछन। मन्त्री ज्यु अब सधैं स्वस्ति शान्ति पनि गर्ने परिपत्र गरे हुन्छ । तस्करी रोक्छु भनेर तस्करसँगै मिलोमतो गरेको र आफ्ना दलका अपराधमा संलग्नहरुलाई सफाई दिएको पाप जो लागेको छ,’– उनले सामाजिक सञ्जालमा भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्