काठमाडौं, ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले माओवादीको उद्गमस्थल रोल्पा अब थवाङ, लिवाङ नरहेको टिप्पणी गरेका छन् ।
आज (बुधबार) काभ्रेमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू रोल्पामा जाँदा त्यहाँका जनताले अब रोल्पामा थवाङ, लिवाङ नरहेर सुनवाङमा परिणत भएको गुनासो पोखेको बताए ।
‘शसस्त्र द्वन्द्व गरेको माओवादी जसले ज्यानको बाजी लगाएको थियो, यतिका मान्छेहरुको बलिदानी भयो । म थवाङ लिवाङतिर जाँदा यो थवाङ, लिवाङ रहेन सुनवाङ भयो भनेर मान्छेहरुले भने । हाम्रा नेता त सुनैसुनले भरिए भन्थे,’– उनले भने ।