काठमाडौं, ११ असोज । नेकपा (एमाले) बागमती प्रदेशको नेतृत्व चयनका लागि आज हुने भनिएको निर्वाचन सरेको छ । नेतृत्व चयनका लागि भोलि विहान ८ बजेदेखि ३ बजेबाट मतदान गर्ने तयारी रहेको बताइएको छ ।
बागमती प्रदेश अध्यक्षमा पाँच जनाले मनोनयन दर्ता गराएका थिए । मनोनयन दर्ता गराएका केशवप्रसाद पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् अध्यक्षका लागि अब कैलाश प्रसाद ढुंगेल, कृष्ण प्रसाद दाहाल, सानुकुमार श्रेष्ठ र केशरकुमार बुढाथोकी मैदानमा छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत नेतृत्व चयनको पक्षमा छन् । ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, प्रदेश इन्चार्ज गुरु बराल र पोलिटव्युरो सदस्य महेश बस्नेतले सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुसँग संवाद जारी राखेको स्रोतले बतायो ।
अध्यक्षका लागि चुनावी मैदानमा चार जना अझैं बाँकी रहेपनि ओलीसहित केन्द्रीय नेताहरुको ग्रीन सिग्नल ढुंगेलतिर रहेको छ । ओलीले यस पटक सर्वसम्मत ढुंगेललाई बागमती प्रदेशको नेतृत्व सुम्पिन चाहेको बताइएको छ ।