Logo

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने एक जना पक्राउ



काठमाडौं, ११ असोज । त्रिभुवन विश्वविद्यालका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन् । ज्यान मार्ने उद्योगका फरार अभियुक्त सयुस श्रेष्ठलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।

नेविसंघका नेताहरुले चलाउनेमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेका थिए । उक्त घटनामा संलग्न नेविसंघका सात जना नेतामध्ये २ जना फरार थिए ।

ज्यान मार्ने उद्योगको उक्त मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णयको विरुद्ध चलाउने सर्वोच्च अदालत गएका थिए । सर्वोच्चको आदेशले सरकारले उक्त मुद्दा फिर्ता लिन पाएको थिएन ।



प्रतिक्रिया दिनुहोस्