Logo

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेनः माधव नेपाल



काठमाडौं, ११ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको बताएका छन् । मेची–महाकाली समाजवादी जागरण यात्राबारे जानकारी दिन आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्दाधुन्ध मूल्यवृद्धि हुँदा पनि सरकारले नियन्त्रणका लागि राम्रो प्रयास गर्न नसकेको बताएका हुन् ।

‘अन्दाधुन्ध मूल्यवृद्धि हुँदा पनि नियन्त्रणमा सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन । अन्दाधुन्द भाउ एकैचोटी बढाउने कुनै औचित्य छैन त्यसमा । थोरै–थोरै बढाउनु एउटा कुरा होला । त्यो बढाउँदा पनि छलफल गर्न पर्ने होला । सरकारको ध्यान आकर्षित गर्न चाहन्छौं,’– उनले भने ।

मूल्य वृद्धि नियन्त्रणका लागि एकीकृत समाजवादीले सरकारलाई दवाब दिइरहेको उनको भनाई छ । भोलि बस्ने समाजवादी मोर्चाको सचिवालय बैठकमा पनि कुरा उठाउने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot