Logo

एमाले बागमती प्रदेश अधिवेशनः सानुकुमारले पनि फिर्ता लिए उम्मेदवारी



काठमाडौं, ११ असोज । नेकपा (एमाले) बागमती प्रदेशको अध्यक्षका प्रत्यासी सानुकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् ।

श्रेष्ठले आज (बिहीबार) साँझ उम्मेदवारी फिर्ता लिएका हुन् । बागमतीको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेपनि यस अघिनै केशव पाण्डेले पनि उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

अब अध्यक्षका मुख्य प्रतिपस्पर्धीमा रामेछापका कैलाश प्रसाद ढुंगेल र मकवानपुरका कृष्णप्रदास दाहाल रहेका छन् ।

एमाले अध्यक्ष ओलीको ग्रीन सिग्नल ढुंगेलतर्फ रहेको छ । उनी ढुंगेललाई सर्वसम्मत बागमतीको अध्यक्ष बनाउन चाहन्छन् । आज हुने भनिएको निर्वाचन सहमति जुटाउनका लागि नै भोलिसम्म सारिएको छ ।



प्रतिक्रिया दिनुहोस्