Logo

एमाले प्रदेश अधिवेशनः कर्णालीमा पनि जुटेन सहमति, अध्यक्षमा शाह र शाहीको भिडन्त पक्का



काठमाडौं, १२ असोज । नेकपा (एमाले) कर्णाली प्रदेशको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । गत बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको उक्त अधिवेशनमा सहमतिको लागि अधिकतम् प्रयास गरिएको थियो । अन्ततः निर्वाचनबाट नेतृत्व चयन हुने भएको हो ।

कर्णाली प्रदेश अध्यक्षको प्रत्यासीमा गुलाबजंग शाह र मिनबहादुर शाही रहेका छन् । एमाले महासचिव शंकर पोखरेलले सहमतिको अधिकतम् प्रयास गरेपनि असफल भएपछि निर्वाचनको मिति टुंगो लागेको हो ।

निर्वाचन तालिका अनुसार आज मतदाता नामावली प्रकाशन, मतदाता नामावलीमाथिको दाबी विरोध र अन्तिम नामावली प्रकाशन गरिने छ । त्यस्तै आज नै उम्मेदवारी दर्ता गर्ने र उम्मेरदवारको नामावली प्रकाशन गरी उम्मेरदवारमाथि उजुरी गर्ने समय आजकै लागि निर्धारण भएको छ ।

भोलि विहान ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर १२ बजेदेखि बेलुका ६ बजेसम्म मतदान हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot