Logo

विवाईडी ब्लेड ब्याट्रीको ‘नेल पेनिट्रेसन टेष्ट’ सफलतापूर्वक सम्पन्न



काठमाडौं, १२ असोज । विवाईडी आटो इन्डस्ट्री कम्पनी प्रा. लि. को नेपालका लागि आधिकारिक वितरक साईमेक्स इन्क प्रा. लि. ले ब्याट्रीको सुरक्षा गुणस्तर प्रदर्शन गर्नका लागि ‘नेल पेनिट्रेसन टेष्ट’ गरेको छ । उक्त परीक्षण काठमाडौँमा गरिएको थियो ।

‘नेल पेनिट्रेसन टेष्ट’ ब्याट्रीको ताप वाहन क्षमताको परीक्षण हो । ब्याट्रीको ताप वाहन क्षमताको परीक्षण गर्ने विधिहरुमा सबै भन्दा कठिन भएकाले ‘नेल पेनिट्रेसन टेष्ट’ लाई ब्याट्री परीक्षणको माउन्ट एभरेष्ट पनि भनिन्छ । हालसम्म विवाईडीको टेक्नोलोजि पेटेन्ट गरिएको ब्लेड ब्याट्री’ले मात्र ‘नेल पेनिट्रेसन टेष्ट’सफलता पूर्वक पार गरेको छ ।

अत्यधिक प्रतिकूल परिस्थितिहरुमा पनि सतहको ताप उल्लेखनीय रुपमा रहनुले ’ब्लेड ब्याट्री’ को अतुलानीय सुरक्षालाई प्रमाणित गरेको छ ।

अतुलनीय सुरक्षा
‘नेल पेनिट्रेसन टेष्ट’ का बेला ’ब्लेड ब्याट्री’ को प्रदर्शनले यसको असाधारण सुरक्षाको बारेमा धेरै कुराहरू बताएको छ ।परम्परागत लिथियम आयन– NCM ब्याट्री, परिक्षणका बेला ५००°C भन्दा माथिको खतरनाक उच्च तापक्रमसम्म पुगेर आगो लागेको थियो भने, ’ब्लेड ब्याट्री को सतहको तापक्रम भने ३०°C देखि ६० सम्ममात्र पुगी आगो वा विस्फोटको केही सम्भावना देखिएन । अनपेक्षित बाहिरी तत्वको प्रभावमा पनि अप्रभावित र सुरक्षित रहनुले ’ब्लेड ब्याट्री को अतुलनिय विश्वसनीयताको प्रमाण दर्शाउँछ ।

नविन डिजाइन
विवाईडीको ’ब्लेड ब्याट्री’ वर्षोंको अथक अनुसन्धान र विकासको परिणाम हो । यसको बेजोड डिजाइनमा हर एक सेलहरुलाइ श्रेणीमा व्यवस्था गरिन्छ । जसलाइ पछि ब्याट्री प्याकमा जम्मा गरिएको छ । पारम्परिक ’लिथियम आयन फोस्फेट ब्लक ब्याट्रि हरुको तुलनामा ’ब्लेड ब्याट्री को अनुकूलित ब्याट्री प्याक संरचनाले ५०% भन्दा बढी ठाउँको उपयोग गर्दछ ।

BYD को ’ब्लेड ब्याट्री’ वर्षोंको अथक अनुसन्धान र विकासको परिणाम हो । यसको बेजोड डिजाइनमा हर एक cell हरुलाइ श्रेणीमा व्यवस्था गरिन्छ । जसलाई पछि ब्याट्री प्याकमा जम्मा गरिएको छ । पारम्परिक ’लिथियम आयन फोस्फेट ब्लक ब्याट्रि हरुको तुलनामा ’ब्लेड ब्याट्री को अनुकूलित ब्याट्री प्याक संरचनाले ५० प्रतिशतभन्दा बढी ठाउँको उपयोग गर्दछ ।

’ब्लेड ब्याट्री’ले विभिन्न अत्यधिक परीक्षणका परिस्थितिहरु, जस्तै दबाउँदा कुल्चिदा, मोड्दा र ३०० °C सम्मको तापक्रममा र २६०% भन्दा माथि चार्ज गरेको अवस्था जस्ता परिक्षणहरु सफलता पुर्वक पार गरेको छ । र हरेक परिक्षणको अवस्थामा लचकदार रहेको ’ब्लेड ब्याट्रीमा आगो वा विस्फोटका कुनै घटना भएन ।

सुरक्षाको प्रतिबद्धता
सीमेक्स इन्क का प्रमुख कार्यकारी अधिकृत सहिल श्रेष्ठ बिधुतीय गाडी उद्योगको ब्याट्री सुरक्षा मान्यतामा विवाईडीको ’ब्लेड ब्याट्री’ को महत्त्व निकै रहेको बताए । “विवाईडीको ब्लेड ब्याट्रीले ब्याट्री सुरक्षालाई पुनः अगाडी ल्याउँदैछ, यसले कम ध्यान दिइएको उद्योगको यस महत्त्वपूर्ण पक्ष तर्फ सम्पूर्णको ध्यानाकर्षण र उचित दिशानिर्देशन गर्नेछ,’’– उनले भने ।

यस सफलताले विवाईडीको बिधुतिय गाडीको सुरक्षा र नवआविष्कार प्रतिको निष्ठा देखाउँछ, जसले ग्राहक वर्ग र पर्यावरणको भलाइलाई प्राथमिकतामा राख्दै नयाँ मान्यता निर्धारण गरेको छ ।



प्रतिक्रिया दिनुहोस्