Logo

एमालेले भोलि सदनमा सरकारसँग हिसाब–किताब खोज्ने



काठमाडौं, १३ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले सरकारसँग पार्टीका सांसदहरुले भोलिको सदनमा हिसाब–किताब खोज्ने बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार फिलिपिन्सकी महिलाले अवैध तरिकाले ल्याएको तीन किलो सुन फेला परेको थियो । सोही प्रसंग उल्लेख गर्दै उनले सरकार यतिधेरै सुन तस्करी भइरहेको अवस्थामा पनि आयोग बनाउने सम्झौताबाट पछि हटेकाले एमालेले यसको हिसाब– किताब भोलिको संसद् बैठकमा खोज्ने बताएका हुन् ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक फिलिपिन्सकी महिलाले अवैध तरिकाले ल्याएको तीन किलो सुन बरामद गरिएछ । दैनिक सुन तष्करी भैरहेको छ ।सरकार जाँचबुझ आयोग बनाउने एमालेसँगको सम्झौताबाट भाग्दैछ । भोली सदनमा यसको हिसाब–किताब हुनेनैछ,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot