Logo

सर्वोच्चका न्यायाधीशहरुको कार्यकाल लामो हुँदा न्यायिक स्वच्छतामा ह्रास आयो, सात वर्ष कायम गरौंः नेपाल बार



काठमाडौं, १३ असोज । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतका न्यायाधीशको सेवा अवधि सात वर्षमात्रै गर्नुपर्ने आवश्यकता औंल्याएको छ । शुक्रबार कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न बारको वार्षिक साधरण सभाले लामो समय सर्वोच्चमा एकै व्यक्ति न्यायाधीश रहँदा न्यायिक स्वच्छतामा ह्रास आई न्यायिक अराजकता बढेको भन्दै सर्वोच्चका न्यायाधीशको उमेर सात वर्ष उपयुक्त हुने निश्कर्ष निकालेको हो ।

साथै, सो विषयमा वार्षिक साधरण सभामा व्यापक छलफल पश्चात पारित भएपनि अब देशभर बार इकाइहरुमा व्यापक छलफल चलाई आगामी केन्द्रीय कार्यकारिणी परिषदको बैठकमा लैजान निर्देशन गर्ने र आवश्यक निर्णयार्थ पेश गर्ने गर्ने निर्णय गरेको छ ।

‘सर्वोच्च अदालतमा न्यायाधीशहरुको नियुक्ति गर्दा धेरै लामो पदावधि रहने गरी नियुक्ति गर्ने प्रचलनले एकै व्यीक्त लामो अवधि सर्वोच्च अदालतको न्यायाधीशको रुपमा रही कार्य गर्दा न्यायिक स्वच्छतामा ह्रास आई न्यायिक अराजकता वृद्धि भएको देखिन्छ । ……न्यायाधीशहरु लामो समयसम्म रहन सक्ने वर्तमान संवैधानिक व्यवस्थामा संशोधन गर्न मानसिब भएकाले लामो समयलाई घटाइ ७ वर्षसम्म कायम गर्न उपयुक्त हुने देखिएको,’– बारको विज्ञप्तिमा भनिएको छ ।

साथै, बारले आफ्नो वार्षिक साधरण सभाबाट विभिन्न सात बुँदे प्रस्तावहरु पारित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot