Logo

टीकापुर अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प



काठमाडौं, १३ असोज । कैलालीको टीकापुर अस्पतालका चिकित्सकहरुले आकास्मिक बाहेकका सबै सेवाहरु ठप्प पारेका छन् ।

चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि आक्रमणको श्रृङ्खला नरोकिएको भन्दै उनीहरुले आकस्मिक बाहेकका सेवा ठप्प परेका हुन् । टीकापुरका स्वास्थ्यकर्मीहरु विगत छ दिनदेखि आन्दोलनरत थिए ।

उनीहरुले हिजो (शुक्रबार) देखि आकास्मिक बाहेक सबै सेवा बन्द गराएका हुन् । उनीहरुले टीकापुर बजार परिक्रममा गर्दै विरोध प्रदर्शनसमेत गरेका छन् । उनीहरुले आज पनि प्रदर्शन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot