काठमाडौं, १३ असोज । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक भोलि (आईतबार) बस्ने भएको छ । बैठक दिनको १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक २०८० लाई पेस गर्ने कार्यसूची तय भएको छ । File Photo/RN