काठमाडौं, १४ असोज । नेकपा (माओवादी) केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिगका अध्यक्ष शुबोधराज शेर्पालीले स्वचालित मूल्य समायोजनको नाममा पेट्रोलियम पदर्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । आम नागरिकले धान्ने नसक्ने गरी भएको मूल्यवृद्धि भएको भन्दै उनले सरकारी निकायको अनावश्यक खर्च कटौति गरेर भएपनि मूल्यवृद्धि फिर्ता लिन सरकारको ध्यानाकार्षण गराएका हुन् ।
‘आम नागरिकले धान्नै नसक्ने गरि नेपाल आयल निगमद्वारा अन्तराष्ट्रिय स्वचालित मुल्य समायोजनको नाममा पेट्रोलियम पदर्थमा गरिएको मुल्यवृद्धि तुरुन्तै फिर्ता गरियोस् ।’ शेर्पालीले भनेका छन्, ‘जनतालाई ठूलो आर्थिक भारपर्ने किसिमका सरकारी निकायका अनावश्यक खर्च कटौती गर्न अविलम्ब कदम चालियोस् । यश विषयमा संघीय सरकार र आपूर्ति मन्त्रालयको गम्भीर ध्यानाकर्षण होस् ।’
स्वचालित मूल्य समायोजन गरी आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ६ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर मूल्य २१५ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।