Logo

सुन तस्करी प्रकरणः उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा छानविन समिति बनाउने सहमति



काठमाडौं, १४ असोज । सरकार र प्रमुख प्रतिपक्ष दलबीच सुन तस्करी प्रकरणमा छानविन समिति बनाउने सहमति भएको छ । उच्च अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाउने सहमति भएको नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले बताए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबीच आज वार्ता भएको थियो । उक्त वार्ताबाट तीन महिना कार्यअवधि रहने गरी तीन सदस्यीय समिति बनाउने सहमति जुटेको बर्तौलाले बताए ।

‘आजको बैठकबाट उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने सहमति जुटेको छ ।छानविन समितिको अवधि तीन महिना रहने सहमति भएको छ,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा बर्तौलाले भने ।

आयोग आजै घोषणा हुने र आयोगको कार्यअवधि आजैबाट सुरु हुने बर्तौलाको भनाई छ । आयोगका बारेमा आजै संसद्लाई जानकारी गराईने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot