Logo

सुन तस्करी प्रकरणः उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय



काठमाडौं, १४ असोज । सुन तस्करी प्रकरणको छानविनका लागि सरकारले उच्च अदालतका पूर्वन्याधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गर्ने भएको छ ।

आज (आईतबार) बसेको मन्त्रिपरिषद्को आकास्मिक बैठकले उच्च अदालतका पूर्वन्याधीश आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगका अन्य सदस्यहरुमा पूर्वएआईजी सहकुल थापा, गृहमन्त्रालयका प्रेमराज जोशी र अर्थमन्त्रालयका किशोरजंग कार्की रहेका छन् ।

‘गृहमन्त्रालयको प्रस्तावमा सुनको अवैध तस्करी, पैठारी नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गठन गर्ने भन्ने हाम्रो निर्णय थियो । त्यो निर्णय अनुरुप उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन भएको छ,’– सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भनिन् ।



प्रतिक्रिया दिनुहोस्