जापान । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरुएनए) को कोषाध्यक्ष पदमा जापानबाट युवा व्यवसायी सुदन थापाले उम्मेदवारी घोषणा गरेका छन् । थापाले एनआरएनए आईसीसीको आगामी कार्यकाल २०२३–०२५ का लागि कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।
थापा एनआरएनए जापानका पूर्वअध्यक्ष हुन् भने उनले एनआरएनए आईसीसीको युथकोअर्डिनेटरको जिम्मेवारी समेत सम्हालिसकेका छन् । उनी विगत १६ वर्षदेखि जापानमा व्यापार, व्यवसाय र सामाजिक कार्यमा सक्रिय छन् । सन् २००८ बाट एनआरएनए जापानको कार्यसमिति सदस्य भएर एनआरएनएमा आफ्नो सामाजिक सेवा सुरू गरेका थापाले अहिलेसम्म निरन्तर रुपमा एनआरएनएमार्फत सामाजिक सेवा गर्दै आएका छन् ।
थापा एनआरएनए जापानको कार्यसमिती सदस्य २ पटक, उपाध्यक्ष हुुँदै अध्यक्ष तथा एनआरएनए आइसीसी युवा संयोजक हुदै लामो समयसम्म एनआरएनएमा निरन्तर काम गर्ने अभियन्ताको रूपमा परिचित छन्।
‘विगतका कार्यसमितिप्रति आलोचनाबाट मात्र नभई अहिलेसम्म भए गरेका क्रियाकलापहरुलाई सुदृढ गर्दै वर्तमान संक्रमणकालीन अवस्थामा संस्थालाई क्रियाशील, ब्यवस्थित र पारदर्शी बनाउन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यसमितिभित्रै रहेर विश्वासका साथ काम गर्ने उद्देश्यकले कोषाध्यक्षमा मेरो उम्मेदवारी रहनेछ,’– थापाले भने, ‘यहाँहरुको आजसम्मको माया र भोलिको दिनमा मैले दिलाउन सक्ने विश्वासलाई साक्षी राखेर तपाईहरु विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजु ,भाई,दिदि ,बहिनि इस्ट्मित्र हरूको साथ सद्भाव सहयोगको अपेक्षा गर्दछु ।’