काठमाडौं, १४ असोज । नायक अनमोल केसीलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
केसीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आपराधिक विश्वासघात गरेको कसुरमा गत शुक्रबार पक्राउ गरेको थियो । चलचित्र रावायण मा काम गर्ने सहमति गरेर पछि धोका दिएको भन्दै निर्माताले उनी विरुद्ध उजुरी दिएका थिए ।
पक्राउ परेको दिनदेखि आजसम्म तीन दिन हुने भएकाले नायक केसीलाई भोलि फेरि अदालतमा उपस्थित गराउन पर्नेछ ।