Logo

गुट भेला गरेरमात्र कांग्रेस रुपान्तरित हुँदैनः युवा नेता शर्मा



काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका युवा नेता सुदीप शर्माले गुट भेलाबाट मात्रै कांग्रेस रुपान्तरित नहुने बताएका छन् । गुट भेलाले सीमित नेताहरुलाई बलियो बनाएपनि समग्रमा कांग्रेस बलियो नहुने उनको भनाई छ ।

पछिल्लो समय कांग्रेसमा गुटको सक्रियता बढिरहेको अवस्थामा युवा युवा पंक्ति मुकदर्शक बनेको उनको आरोप छ । ‘गुट भेला गरेरमात्र कांग्रेस रुपान्तरित हुँदैन । सीमित नेताहरू त बलियो हुनुहोला । तर, कांग्रेस बलियो हुँदैन । दुर्भाग्य यी सबै गतिविधिको अगाडि युवा पंक्ति मुकदर्शक बनिरह्यो,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भने ।

पछिल्लो समय कांग्रेसका नेताहरुमा गुटगत भेला बोलाउने र भाषणमा मात्रै सीमित हुने प्रवृत्ति बढेको तर्फ लक्षित गर्दै उनले हात्ती चढिसकेको मान्छेले गधा चढ्ने चाहना राख्न नहुने बताए । उनले पोखरी सफा गर्न गएका पोखरीमै हराउन नहुने पनि टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot