Logo

नेसपा केन्द्रीय कार्यकारिणी समिति बैठकः मुख्य एजेण्डा माओवादीसँग पार्टी एकता



काठमाडौं, १५ असोज । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी बैठक आजबाट सुरु भएको छ । नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसिरहेको बैठक आज र भोलिसम्म चल्नेछ । बैठकमा नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने बारेमा गहन छलफल हुने बताइएको छ ।

त्यसैगरी बैठकका अन्य एजेण्डाहरुमा महाधिवेशनको तयारी, विभाग गठन, संगठन निर्माण, सरकारले गरेका कामबारबाहीको समीक्षा लगायत रहेका छन् ।

माओवादी र नेसपाबीच पार्टी एकताको बसह लामो समयदेखि चलिरहेको छ । माओवादीले नेसपाका अर्का अध्यक्ष महिन्द्रा राय यादवलाई पत्र लेखेर पार्टी एकताको बारेमा जानकारी गराएको थियो । यादव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा खानेपानी मन्त्री छन् ।

पछिल्लो समय माओवादीले नेसपाका अध्यक्ष भट्टराईलाई चिढ्याएर अर्का अध्यक्ष एवं मन्त्री यादवलाई पार्टीमा भित्र्याउन पहल गरिरहेको छ । यस सन्दर्भमा आजबाट बसेको बैठकलाई विशेष रुपमा लिइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot