Logo

सांसदहरुलाई अध्यक्ष तुलाधरको ध्यानाकार्षणः सरकार र महासंघबीच भएको सहमति शिक्षा विधेयकमा समेटियोस्



काठमाडौं, १५ असोज । नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले सरकार र आफूहरुबीच भएको सहमति विधेयकमा रुपान्तरण गराउन सांसदहरुलाई ध्यानाकार्षण गराएकी छन् ।

शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासङ्घबीच पछिल्लो समय भएको सहमति विधेयकमा उल्लेख गर्न भनेकी हुन् ।

शिक्षा विधेयक हिजो (आईतबार) प्रतिनिधि सभामा टेबल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले उक्त विधेयक संसद्मा टेबल गरेका हुन् ।

उक्त विधेयकमा भएका व्यवस्थाहरु शिक्षकको पेशागत हितमा नरहेको भन्दै महासंघको आवह्वानमा शिक्षकहरुले असोज तीन गतेदेखि देशैभर विद्यालय बन्द गराएर काठमाडौं केन्द्रीत आन्दोलन गरेका थिए । महासंघ र सरकारबीच भएको सहमति पनि शिक्षकहरुका केही घटकहरुले आन्दोलन जारी राखेका थिए । सरकारले उनीहरुसँग पनि सहमति गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot