Logo

रिगलको आममाफीप्रति एमालेको आपत्ति



काठमाडौं, १५ असोज । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले संविधान दिवसको अवसरमा रिगल डन भनिने योगराज ढकाललाई सरकारले आममाफी दिएको विषयलाई लिएर आपत्ति जनाएका छन् ।

आज (सोमबार) प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले कानुनले दिएको अधिकार गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट दुरुपयोग भएको बताए । सचेतक बर्तौलाले सरकारको गलत निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले लालमोहर लगाएको टिप्पणी गरे ।

आममाफी पाउने रिगल कांग्रेस निकट युवा संगठन तरुण दलका पूर्व नेता हुन् । बाँकेका चेतन मानन्धरको हत्या प्रकरणमा अदालतले उनलाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको थियो । उक्त आममाफी प्रकरणमा शीतल निवास र प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले गृहमन्त्रीमाथि प्रश्न उठाएको छ ।



प्रतिक्रिया दिनुहोस्