Logo

आइसरले ल्यायो ‘सोचेझैं दशैं तिहार, रोजेझैं उपहारः सुनको बहार, बम्परमा कार’ उपहार योजना



काठमाडौं, १५ असोज । विगत ४० बर्षदेखि नेपालको ब्यवसायिक सवारीको क्षेत्रमा माइलेजको बादशाह भनिने आइसरले नेपालीहरुको महान चाड दशैं र तिहारको उल्लासमय माहोलमा आफ्ना ग्राहकहरुका लागि नयाँ आइशर गाडीको खरिद गर्दा रोजेर उपहार लिन पाइने रमाइलो योजनाको सुखद् घोषणा गरेको छ ।

७० भन्दा बढी देशहरूमा फैलिएको आइसर, भोल्भो र आइसरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ बिभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ, साथै हालसालै भएको बतास र एमएडब्लूको एकताले ब्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ टच पोइण्टस्को साथ देशै भर ब्यवसायिक सवारी साधन उपलब्ध गराउँदै आएको छ ।

आफ्ना उपभोक्ताहरूसँग खुशी साटासाट गरी चाडपर्वको उत्सव मनाउँन BATAS MAW COMMERCIAL VEHICLE (बी.एम.सी.वी.) ले दशैं तिहार स्कीमको घोषणा गरेको हो । यस योजना अन्तर्गत आइशर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरुले रोजेर उपहार लिन पाउँने अवसर प्रदान गर्ने भएको छ । यो योजनाको अन्त्यमा बम्पर उपहार अन्तर्गत एकजना भाग्यमानीले मिनी इभी कार पनि प्राप्त गर्ने कम्पनीको दाबी छ ।

उल्लेखित उपहारहरु बाहेक चालकलाई पाँच लाख र पच्चीस लाखको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करको सुविधा पनि आइशरले प्रदान गर्नेछ ।

यस दशैं तिहार योजनाको थप जानकारीको लागि नजिकैको ब्रान्च, डिलर तथा टच पोइण्ट मा सम्पर्क गरेर थप जानकारी लिन सकिने कम्पनीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot