Logo

संविधान र लोकतन्त्रका लागि यो गठबन्धन स्लो पोईजन होः केपी ओली



काठमाडौं, १६ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन लोकतन्त्र र संविधानका लागि स्लो पोइजन भएको टिप्पणी गरेका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन सरकारले जन आवाज कुल्चिएर जनताको प्रतिनिधिहरुलाई उपहास गरिरहेको उनले बताए ।

अहिलेको सरकार जनता, संसद् र संविधानप्रति उत्तरदायी नहरको उनले बताए । उनले सरकारले गठबन्धन टिकाएर सत्ता जोगाउन खोजिरहेको उनको भनाई छ ।

‘यो सरकार यही गठबन्धनको इको सिस्टमप्रति उत्तरदायी छ । यो जनता र संविधान छलेर बनेको गठबन्धन हाम्रो संविधान र लोकतन्त्रका लागि स्लो पोइजन हो ।’ उनले भने, ‘एकैचोटी कुप्लुक्कै पनि पारिहाल्न सक्दैन । तर, यो स्लो पोइजन हो लोकतन्त्रका लागि ।’



प्रतिक्रिया दिनुहोस्