Logo

सामसङले ल्यायो चाडवाड अफर, “रमाइलो दशैं तिहार, मायाले भरौं घर परिवार”



काठमाडौं, १६ असोज । सामसङ नेपालल दशैं–तिहारको मौकामा “रमाइलो दशैं तिहार, मायाले भरौं घर परिवार” शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ । यो अफर अन्तर्गत सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरूमा ४१ प्रतिशत सम्मको छुट पाउन सकिने छ ।

अफरमा सामसङको टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनको आकर्षक रेन्जलाई समावेश गरिएको छ । जसमा उत्तिकै आकर्षक क्यासब्याक अफारका साथ सामसङका नयाँ लन्चहरू पनि उपलब्ध रहेका छन् ।

सामसङ १७ वर्षदेखि ग्लोबल नम्बर १ टिभी ब्रान्ड रहेको छ र ग्राहकहरूले क्रिस्टल युएचडी टिभीको अरबौ रङ्गहरू, क्युएलईडी टिभीको नवीनता, फ्रेम टिभीको आकर्षण र सामसङको सबभन्दा नयाँ सि–सिरिज लाइन–अपहरु उत्तिकै आकर्षक अफारका साथ खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

कुनै पनि सामसङको नयाँ टिभी खरिद गर्दा त्यसमा ३ वर्षको वारेन्टी पनि पाउने सकिने छ । होम थियेटर एक्सपिरिएन्स अफरको साथ ग्राहकहरूले सामसङको कुनै पनि नयाँ टिभीसँग टि४००, बि४५०, ए४५०, ति४२० र एमएक्स–ति५० लगायत जुन पनि साउण्डबारको खरिद गर्दा बन्डल छुट पाउन सक्ने बताइएको छ । ग्राहकहरूले दशैं–तिहारको मौकामा सामसङको नवीनतम टिभी नियो क्युएलईडी टिभी खरिद गर्दा ४१,६९० को बि४५० साउण्डबार सित्तैमा पाउने कम्पनीको दाबी छ ।

सन् २०२० को ग्लोबल मार्केट सेयर (चीन बाहेक), ओम्डिया स्टडी जुन २०२१ अनुसार सामसङले विश्वमा ग्लोबल नम्बर १ रेफ्रिजरेटर ब्रान्डको स्थान प्राप्त गरेको थियो ।

साथै, कम्पनीले फ्रिजको डीआइटी कम्प्रेसर र वाशिङ मेसिनको डीआइटी मोटरमा २० वर्षको वारेन्टी प्रदान गरेको छ ।सामसङले आफ्नो यो अफर सबै ग्राहकको लागि सरल बनाउनको लागि झन्झट रहित शून्य प्रतिशत ब्याज भएको ईएमआइ तथा फ्री इन्सटलेसन जस्ता सुविधा पनि प्रदान गरेको छ ।

अर्कोस्टोरसँगकोे सहकार्य मार्फत ग्राहकहरूले सामसङ प्लाजा गई कुनै पनि उत्पादनहरूमा अपग्रेड गर्दा बेस्ट भ्यालुयसन् अन एक्सचेन्ज सेवाको पनि फाइदा उठाउन सक्ने छन् । यो अफर आगामी मंसिर ४ गतेसम्म नेपालमा सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारले उपलब्ध गराउनेछ ।



प्रतिक्रिया दिनुहोस्