Logo

चाडपर्वमा कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी



काठमाडौं, १६ असोज । सरकारले चावपर्वको अवसर पारेर कुनै पनि वस्तु्को कृतिम अभाव सिर्जना गर्ने काम नगर्ने उद्योगी व्यवसायीलाई ध्यानाकार्षण गराएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषदको बैठकले कुनै पनि खाद्य वा अखाद्य वस्तुमा कृतिम अभाव सिर्जना गरेमा कडा कारबाही गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले अस्वभविक मूल्यवृद्धि गरी वस्तु विक्री वितरण गर्ने, कृतिम अभाव सिर्जना गर्ने जस्ता काम नगर्न उद्योगी तथा व्यावसायीहरुलाई सचेत गराएको हो ।
मूल्यवृद्धि र कृतिम अभावका सन्दर्भमा कोही कसैसँग गुनासो भए हेलो सरकार, बाणिज्य विभागको पोर्टल वा टोल फ्रि नम्बर ११३७ मा सूचना दिन सरकारले आग्रह गरेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot