Logo

भ्रातृ सङ्गठनलाई जसपाले काट्यो पत्र



काठमाडौं, १७ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना भ्रातृ सङ्गठनलाई लेखा परीक्षण प्रतिवेदन बुझाउन पत्र काटेको छ ।

पार्टी निकट बौद्धिक पेसाकर्मी महासङ्घ, ट्रेड युनियन महासङ्घ, युवा सङ्घ, विद्यार्थी युनियन, महिला सङ्घलगायतका सम्पूर्ण भ्रातृ सङ्गठन तथा पेसागत सङ्गठनलाई २०७९/८० को आम्दानी र खर्चको लेखा परीक्षण मान्यता प्राप्त लेखा परीक्षकबाट गराई तयार गरिएको प्रतिवेदन केन्द्रीय आर्थिक विभागमा अनिवार्य बुझाउन भनिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार भ्रातृ संगठनलाई लेखा परीक्षण प्रतिवेदन बुझाउन यही असोज मसान्तसम्मको समयसीमा तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्